भिरबाट लडेर आमा-छोराको मृत्यु
धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।
दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया