खनाललाई दुर्व्यवहार गर्नेमाथि कडा कारवाही गर्न सरकारसमक्ष एकीकृत समाजवादीको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि मंगलबार अभद्र व्यवहार भएकोमा एकीकृत समाजवादीले गम्भीर आपत्ति जनाएको छ ।
सो पार्टीका सम्मानित नेतासमेत रहेका खनालमाथि पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले होहल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार गरेको आरोप लगाएको छ ।
उक्त कार्यको घोर भत्सना गर्दै । घटनामा संलग्न रहेका उत्श्रृंखल व्यक्तिहरूलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । खनाल सहभागी भएको कार्यक्रममा आफूलाई राजावादी भन्ने युवाहरूले पूर्वराजा ज्ञानेन्द्रलाई अपमान गरेको भन्दै उनीमाथि खनिएका थिए ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया