खनाल सहभागी कार्यक्रममा हुल दंगा गर्ने पक्राउ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका-४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका-१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती-५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा-१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर-५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड-४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।
उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए । पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया