एलोन मस्क पुनः बने विश्वकै सर्वाधिक धनी व्यक्ति

एजेन्सी । विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ । टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलोन मस्क पुन: विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको सूची अनुसार उनी १९२ अर्ब डलरको कुल सम्पत्तिका साथ अर्बपतिको सूचीमा पहिलो स्थानमा छन् । बर्नार्ड अर्नाल्ट अहिले १८७ बिलियन डलरको कुल सम्पत्तिका साथ दोस्रो नम्बरमा झरेका छन् ।
आर्नल्ट गत डिसेम्बरमा मस्कलाई पछि पारेर ब्लुमबर्गको सूचीमा पहिलो नम्बरमा आएका थिए । त्यसबेला, प्रविधि कम्पनीहरुको सेयरमा गिरावट आएपछि मस्कको नेटवर्थ खस्किएको थियो । यद्दपि, यस वर्ष भने मस्कको नेटवर्थ हालसम्म ५५.३ अर्ब डलरले वृद्धि भइसकेको छ ।
पछिल्ला केही दिनयता बर्नार्ड अर्नाल्टको नेट वर्थमा तीव्र गिरावट आएको छ। ४ मे २०२३ को ब्लूमबर्ग डाटा अनुसार, उनले २४ घण्टा भित्र ११.२ अमेरिकी बिलियन डलर वा लगभग ९२ हजार करोड रुपैयाँ घाटा बेहोरेको थियो।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया