नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
काठमाडाैं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।
बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए । ‘बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन,’ उनले भने । चलचित्रको प्रवर्द्धनको लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए ।
उनले भने, ‘एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया