NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भारत भ्रमण औचित्यपूर्ण र सफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने भारत भ्रमण सफल भएको जिकिर गरेका छन् ।

भारत भ्रमणको सम्बन्धमा सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो भ्रमण सकारात्मक र सफल भएको जिकिर गरेका हुन् ।

‘चारदिने मेरो भारत भ्रमणको क्रममा हैदरबाद हाउस भएको ७ बुँदे सम्झौता सकारात्मक र औचित्यपूर्ण छ । जलविद्युत क्षेत्रमा लगानी भित्र्याउने, उर्जा व्यापारमा दीर्घकालीन योजनमा विस्तार, हवाइ रुट थप भ्रमणका उपलब्धी हुन्’, उनले भने, ‘१० वर्षमा १० हजार विद्युत खरिदविक्री सम्झौता केहि दिनमै आदानप्रदान हुनेछ । पञ्चेश्वर योजना अगाडि बढाउन सुनिश्चिता दिइएको छ । वर्षायाममा हुने बाढी र डुवान समास्या समाधानका लागि मोदीजीसँग गम्भीर छलफल भएको छ ।’

निष्क्रिय नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण संविधान र राष्ट्रहितविपरित भएको भन्दै विपक्षी एमाले लगायत दलहरूले आइतबार संसद अवरुद्ध गरेका थिए ।

प्रधानन्त्रीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि प्रचण्डले अहिले संसदलाई जवाफ दिइरहेका छन् ।