NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उपयुक्त समयमा मोदी फेरि नेपाल आउँछन् – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपयुक्त समयमा नेपाल भ्रमणमा आउने जानकारी दिए।

आज संसदलाई सम्बोधन गर्दै उनले आफूले प्रधानमन्त्री मोदीलाई भारत भ्रमणको निम्तो दिएको बताए । जवाफमा मोदीले विगतमा सन् २०१४, २०१८ र २०२२ को नेपाल भ्रमणलाई स्मरण गर्दै उपयुक्त समयमा भ्रमण गर्ने बताएको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण विगतका भन्दा फरक महसुस र परिणाममुखी भएको बताएका छन् ।

दुई देशबीच विश्वासको नयाँ वातावरण तयार भएको महसुस भएको उनको दाबी छ । यो भ्रमणले भविष्यका लागि स्पष्ट मार्गरेखा तयार गरेको पनि उनको दाबी छ ।