उपयुक्त समयमा मोदी फेरि नेपाल आउँछन् – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपयुक्त समयमा नेपाल भ्रमणमा आउने जानकारी दिए।
आज संसदलाई सम्बोधन गर्दै उनले आफूले प्रधानमन्त्री मोदीलाई भारत भ्रमणको निम्तो दिएको बताए । जवाफमा मोदीले विगतमा सन् २०१४, २०१८ र २०२२ को नेपाल भ्रमणलाई स्मरण गर्दै उपयुक्त समयमा भ्रमण गर्ने बताएको प्रधानमन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण विगतका भन्दा फरक महसुस र परिणाममुखी भएको बताएका छन् ।
दुई देशबीच विश्वासको नयाँ वातावरण तयार भएको महसुस भएको उनको दाबी छ । यो भ्रमणले भविष्यका लागि स्पष्ट मार्गरेखा तयार गरेको पनि उनको दाबी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया