गेरुवस्त्रबारे प्रचण्डको स्पष्टिकरणः प्रोटोकोलका कारण लगाएँ
काठमाडौं । भारत भ्रमणमा गएको बेलामा गेरुवस्त्र धारण गरेर पूजाआजा गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्टिकरण दिएका छन् ।
आज प्रतिनिधि सभामा उठेका प्रश्नको सामाना गर्दै उनले त्यहाँको प्रोटोकोलका अनुसार गेरुवस्त्र लगाउनै परेको बताए । ‘२०२२ देखि नयाँ प्रोटोकोल जारी भएको रहेछ । मेरा एडिसीले पनि मलाई दौसा सुरुवालमै लैजान लागेका थिए,’ उनले भने, ‘प्रोटोकोल अनुसार लगाउनै पर्ने भनियो । हामीले स्वभाविक रुपमा गयौं, पूजा गर्यौं, आयौं ।’
उनले आफ्नो कार्यले धार्मिक पर्यटन प्रवद्र्धन भएकोसमेत दाबी गरे ।
खासगरी आफू त्यहाँको फोहर व्यवस्थापन र सूचना प्रविधिको विस्तारलाई हेर्न गएको उनको जिकिर छ । तर उज्जेनजस्तो धार्मिक ठाउँमा आफू गइदियोस् भन्ने भारतको पनि चाहना भएकाले त्यहाँ पुगेको उनले बताए । ‘त्यहाँ गएपछि भित्र पस्दिन, आफ्नै ड्रेस लगाउँछु भन्ने अवस्था थिएन,’ उनले भने ।
जनयुद्धको अगुवाई गरेका प्रचण्डले धर्मलाई अफिम बताउँदै आएका छन् । तर भारतमा गेरुवस्त्र धारण गर्दै पूजाआजा गरेको फोटोहरू सार्वजनिक भएपनि उनको आलोचना भएको थियो ।
उनका सहयात्री पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलेसमेत उक्त फोटोबारे आलोचना गर्दै लेखेका थिए, ‘हामी कता जाँदैछौं, देश कता जाँदैछ ?’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया