NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

विवाइडीद्वारा ‘बिल्डीङ्स ड्रिम्स एण्ड फरेष्ट’ सिएसआरको पहलमा वृक्षरोपण

काठमाडौं नेपालमा विवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० रुख रोपेको छ । ‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो । अभियानले काठमाडौंको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाइडीको भिजन ‘कुल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसँग मेल खान्छ ।

साइमेक्सले रणनीतिक स्थानमा १५०० रुख रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ । विश्वको सबैभन्दा प्रदुषित सहर काठमाडौं लामो समयदेखि वायु झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाडौंमा प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको जनाएको छ ।

‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले वृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी वृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र बिविध खालको रुखहरुको बृक्षारोपण गरि चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिने कम्पनीको दाबी छ ।

ताजा अपडेट

नेपालवाच विशेष