NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपाल मैदा उद्योग संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल मैदा उद्योग संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त अधिवेशनले कुमुद कुमार दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।

सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष, बिकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाललगायत का.स. सदस्य सहित १७ जनाको नयां कार्य समिति सर्बसम्मत चयन गरेको छ ।

सभाले निम्न निर्णयहरु पारित गरेको छ :

क) मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुविधा दिन पहल गर्ने ।

ख) नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति गर्जुमा गर्ने ।

ग) मैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने ।

घ) मैदा नेपालमा आत्मनिर्भर भैसकेकोले विदेशबाट मैदा आयातको आवस्यक नपर्ने ।

ङ) नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने ।

च)  बैकब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने ।

छ) उद्योगकै नाममा गहुं आयात गर्दा भन्सार दर १ प्रतिशतश हुन पर्ने । जसले उद्योग क्गचखष्खभ गर्न सहज हुने ।

ज) बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने ।

झ) गहुं र मैदा आयातको भन्सार मुल्याङ्कन परिमार्जन गर्ने ।

ञ) मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्ने ।

ट) लगभग १७०० करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजार भन्दा बढीलाई रोजगारी दिईरहेको छ ।  किसान परिवालाई पनि फाईदा हुने हुंदा नेपाल सरकारबाट मैदा उद्योगलाई उचित संरक्षण भएमा देशको औद्योगिक क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने उद्योगले जनाएको छ ।