के मणि थापाले एमाले छाडेका हुन् ?
काठमाडौं । पछिल्लो समय नेतृत्वसँग असन्तुष्ट रहेका एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् ।
२२ जेठमा बसेको सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी र कार्यविभाजन व्यापक हेरफेर गरेको थियो । एमालेले जारी गरेको अन्र्तपार्टी निर्देशन(अपानी) ७ मा २९ नम्बरमा रहेका थापाको जिम्मेवारीमा बिदा उल्लेख छ । पार्टीको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेताहरूलाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको थियो । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
२३ फागुन, २०७७ मा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएपश्चात् थापासहित रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी लगायत नेताहरू एमाले प्रवेश गरेका थिए । थापा ओली नेतृत्वको सरकारमा केही समय खानेपानी मन्त्री भएका थिए । तर पार्टीको उचित जिम्मेवारी नपाएको भन्दै उनी ओलीसँग असन्तुष्ट थिए । पार्टीबाट विदामा बसेको विषयमा जिज्ञासा राख्दा आफू सल्लाहले नै बिदामा बसेको जानकारी दिए ।
‘नेताहरूको सल्लाहमै म बिदामा बसेको हुँ । एमाले छोडेको होइन । ६ महिनादेखि नै म अध्ययन तथा लेखनमा व्यस्त छु’, उनले भने, ‘राजनीतिमा लाग्दा व्यस्त भएकाले व्यक्तिगत काम प्रभावित भएकाले पार्टी काममा फर्किन्न ।’
यसअघि पार्टीको जिम्मेवारी नाम मात्रको भएको, नेतृत्व दक्षिणपन्थी भासमा फसेको लगायत आरोप लगाउँदै उनी राजनीतिमा निष्क्रिय रहँदै आएका थिए । एमालेबाट हटेर फेरी माओवादी केन्द्र वा कुनै दल प्रवेश गर्ने तत्काल कुनै योजना नरहेको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया