NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावप्रति थापाको असन्तुष्टी

काठमाडौं । कांग्रेसका सांसद एवं महामन्त्री गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावको आलोचना गरेका छन् ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्दै उनले बजेटमार्फत निर्वाचन कार्यलय खारेज गर्ने सरकारको प्रस्तावको विरोध जनाएका हुन् ।

‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकाकालाई प्रभावित गर्छ’, उनले भने ।

अर्थममन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आगामी बजेटमा खर्च कटौतिका लागि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरेका थिए ।