नेता गान्धीले भारतको छवि बिगार्न खोजेको आरोप
हैदरावाद । भारतीय जनता पार्टी (भाजपा) का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेको आरोप लगाएका छन् ।
अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् ।
नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै संसद्मा उनको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए ।
भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उनको दलले अस्वीकार गरेको उनले बताए ।
विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास गर्दैनन् भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उनमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेको बताए ।
नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया