NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अण्डा पकाउँदा गर्नै हुन्न यी गल्ती

एजेन्सी । अधिकांशले बिहानको खाजामा अण्डा खाने गर्छन् । यो प्रोटिनको स्रोत पनि हो । यसमा पाइने खनिज  र भिटामिनले हड्डी बलियो र स्वस्थ राख्छ ।

प्राय व्यक्ति अण्डा उसिनेर वा अमलेट बनाएर खाने गर्छन् भने कोही यसलाई अन्य तरीकाले पनि बनाएर खान्छन ।  तर के तपाईलाई थाहा छ ? अण्डा गलत तरीकाले बनाउँदा भने यसका सबै पोषक तत्वहरु जाने गर्छन । जसले गर्दा अण्डा खाए पनि नखाएको सरह हुन्छ ।

अण्डा पकाउँदा ध्यान दिऔं यी कुरा 

तेज आगोमामा नबनाऔं 

अण्डा बनाउँदा तेज आगोमा बनाउनु हुँदैन् । यो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । अण्डा पकाउँदा उच्च आगो बाल्दा यसले अण्डामा भएका पोषक तत्वहरु कम हुन्छ ।

कहिलैं खाली बनाउनु हँदैन अण्डा

अधिकांश अण्डा बनाउँदा यतिकै अण्डा मात्र बनाउने गर्छन् । तर त्यस्तो गर्नु हुँदैन् । ओमलेट बनाउँदा त्यसमा केही तरीयो तरकारीहरु वा प्याजमात्र भएनी राखनु पर्छ । यसले अण्डामा भएको पौष्टिक गुण बढाउँछ ।

तेल राम्रोसँग तताउनुहोस्  

अण्डा बनाउँदा अर्को ध्यान दिनुपर्ने कुरा राम्रोसँग तातेको छ वा छैन् भन्ने कुरा पनि हो । अण्डा कहिले पनि नतातेको तेलमा बनाउँनु हुँदैन् । यसले तेलमा रहेको हानिकारक तत्वहरु शरीरमा जान सक्छ । अण्डामात्र नभई हरेक तरकारी बनाउँदा तातेको तेलमा मात्र बनाउनु पर्छ ।

अत्यधिक नपकाउनुहोस् 

धेरै समयसम्म अण्डा पकाउनु पनि हानिकारक हुन सक्छ । धेरैबेरसम्म अण्डा पकाउँदा त्यसमा भएको पोषक तत्व कम हुनुका साथै यसमा पाइने प्रोटिन पनि नष्ट हुन्छ ।

पुरानो अण्डा खानुहुँदैन्  

अण्डा किन्दा प्राय कसैले पनि त्यसको ताजापनको बारेमा चासो दिएका हुँदैनन् । जसले गर्दा पसलमा धेरै समयसम्म स्टोर भएकोे अण्डा पर्न सक्छ । अण्डा लामोसमयसम्म पुरानो भएको र भण्डारण गरेको खानुहुँदैन् । पुरानो अण्डामा पोषक तत्व कम हुन्छ । त्यसैले सकेसम्म ताजा अण्डा खाने गर्नुहोस् ।