बजेटले मधेशमा अन्याय गरेको भन्दै सत्ता पक्षकै सांसदले गरे मौनधारण

काठमाडौं । सरकारले मधेशलाई अन्याय हुनेगरी बजेट ल्याएको भन्दै सत्तापक्षकै सांसदले मौनधारण गरेका छन् ।
शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले सरकारविरुद्ध संसदमा एक मिनेट मौनधारण गरेका हुन् ।
‘सरकारले ल्याएको बजेट मधेशलाई अन्याय हुनेगरी ल्याएको छ । यो मधेश र मधेशी जनतालाई सैह्य हुँदैन’, उनले भने, ‘मधेशलाई हेप्ने, अन्याय गर्ने तरिकाले ल्याएको बजेट र सरकारविरुद्ध एक मिनेट मौनधारण गर्न माननीयज्यूलाई आग्रह गर्छु ।’,
रोष्टमबाटै एक मिनेट मौनधारण गरेका उनले बजेट करेक्सन नगरे कुनै हालतमा पारित हुन नदिने चेतावनी दिए ।
प्रतिक्रिया