राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।
जेठ १२ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले १७ गते प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले गरेको उक्त प्रमाणीकरण संविधानविपरित भएको जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
अन्तरिम आदेश दिने/नदिने विषयमा जेठ ३० गते दुवै पक्षलाई उपस्थितिका लागि बोलाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया