राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।
जेठ १२ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले १७ गते प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले गरेको उक्त प्रमाणीकरण संविधानविपरित भएको जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
अन्तरिम आदेश दिने/नदिने विषयमा जेठ ३० गते दुवै पक्षलाई उपस्थितिका लागि बोलाएको छ ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया