NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भीषण वर्षा र चट्याङले पाकिस्तानमा २८ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् ।

बाढीका कारण  ६९ घरमा आंशिक क्षति भएको पाकिस्तानी प्रसारण संस्था जियो न्यूजले जनाएको छ ।  प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बाढी प्रभावित  खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ ।

पीडितहरूलाई राहत सामग्री उपलव्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पु-याइएको छ ।

आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष