NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बजेटमाथि गगन थापाले औंल्याए यी कमजोरी

काठमाडौं । कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेटको आकार अवास्तविक भएकाले कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । आइतबार आर्थिक वर्ष २०८०/८१ बजेट माथिको छलफलमा भाग लिँदै उनले आर्थिक वृद्धि, रोजगार र मुद्रास्फीतिमा तालमेल हुन नसके अर्थतन्त्र सुधार नहुने बताए ।

‘अर्थमन्त्रीले जनभावनालाई सम्बोधन गर्ने प्रयास गरिएको भनेका छन् यसको तारतम्यता मिलेन । न्यून आर्थिक वृद्धि, रोजगारीमा कमि, मुद्रास्फीतिमा सुधार हुन सकेको छैन । यी तीन पक्षबीच तालमेल मिलेमात्र अर्थतन्त्र सुधार हुन्छ’, उनले भने, ‘बजेटको आकार अवास्तविक छ । बजेट पूर्ण कार्यन्वयन गरेर परिणाम ल्याउन सकियो भने मात्र अपेक्षा गरेको परिणाम प्राप्त गर्न सकिन्छ ।’

उनले साना व्यापारीले ब्याज तिर्न नसक्दा उठीबास लागेको, सटर बन्द भएको भन्दै बजेटले साना व्यापारी, व्यवसाय गर्नेहरूलाई सम्बोधन गर्न नसकिएको बताए ।

यस्ता छन् बजेटमाथि थापाले औंल्याएका कमजोरी :

  • सरकारले राजश्वमा जुन लक्ष लिएको छ, त्यो अवास्तविक छ ।
  • अर्थमन्त्रीले आयकर सबैतिर २४.३४ प्रतिशले समान वृद्धि हुन्छ भन्नुभएको छ, त्यसमा गल्ती छ । त्यसलाई सच्चाउनु पर्छ ।
  • पूँजीगत खर्चमा कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ । ठूल्ठूला आयोजना निर्माण गर्दा बाध्यकारी व्यवस्था गनुपर्छ ।
  • कानुन संशोधन गर्नुपर्छ । जग्गाप्राप्ति, जग्गा ऐन, वन ऐन, शिक्षा ऐन लगाय विषय सम्बोधन हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएको छ ।
  • पूँजीगत खर्च निकै कम भएको छ । मुद्दामामिलाले झन्जिटिलो भएको छ । अन्तरमन्त्रालयबीच समन्वय हुन सकेको छैन । कार्यविधि बन्छ तर कार्यान्वयन हुँदैन ।
  • राजश्व चुवावटका विषयमा ध्यान दिएको छैन । राजश्वसम्बन्धी निकाय नै अलगअलग छ, त्यसलाई एकै ठाउँमा ल्याएर काम गर्न सकिएन भने लक्ष्य प्राप्ती हुन सक्दैन ।
  • स्रोत समितिको बैठका प्रधानमन्त्रीको उपस्थिति नै हुँदैन । प्रधानमन्त्री सरकारको क्याप्टेन भएकाले उनी जवाफदेही हुनुपर्छ । मन्त्रालयमा सिलिङ गएपछि प्रधानमन्त्री, मन्त्री, सचिव र कर्मचारी बसेर सघन छलफल हुनुपर्नेमा त्यसो हुन सकेन ।