कमजोर अर्थतन्त्र ऋणको पासोमा परिसक्यो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले देशको अर्थतन्त्र ऋणको पासोमा परिसकेको प्रष्ट संकेत देखिसकेको बताएका छन् । जेठ २५ र २६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा सो कुरा बताएका हुन् ।
सरकारले आगमी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको वार्षिक बजेले अर्थतन्त्रको धरातलीय यथार्थ एव संरचनागत समस्याहरूलाई नजरअन्दाज गरेको विज्ञप्तिमा उल्लेख छ । केही सामान्य प्रशाशनिक र नीतिगत सुधारका कुरा उठाएपनि बजेट विगतकै निरन्तरता रहेको पार्टीले धारणा राखेको छ । ‘पुँजीगत खर्चको अंश भन्दा वित्तीय व्यवस्थापन अर्थात ऋणको साँवा, ब्याजको भार बढी हुने देखिएको छ । यसले हाम्रो कमजोर अर्थतन्त्र ऋणपासो (Debt Trap) मा परिसकेको प्रष्ट संकेत गरेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थतन्त्रका विद्यमान संरचनागत समस्याहरू हल गर्न र वर्तमान अवस्थामा मूलुकको संकटग्रस्त आर्थिक क्षेत्र खासगरी व्याप्त आर्थिक मन्दी, बैंकिङ प्रणालीमा रहेको उच्च ब्याजदर, तरलता अभाव र साना उद्यमी व्यवसायीहरूले झेल्नुपरेका समस्याहरूमा बैठकले ध्यानाकर्षण गरेको जनाएको छ ।
ताजा अपडेट
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
-
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’-विनोद चौधरी
प्रतिक्रिया