दुई सातापछि काठमाडौंमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति वर्षा भएको छ । दुई साता लामो खडेरीपछि काठमाडौंमा वर्षा भएको हो ।
पानी नपर्दा काठमाडौंमा गर्मी तीव्र बढेको थियो । वर्षासँगै काठमाडौं उपत्यकामा शीतलता महसुस भएको छ ।
लामो समयदेखि खडेरीको सामना गरेका काठमाडौं उपत्यकाबाहिरका विभिन्न भागमा पनि वर्षा भएको छ । गर्मीले जनजीवन कष्टकर बनेका ती क्षेत्रमा पानी परेसँगै थोरै भए पनि राहत पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस वर्ष जेठको अन्तिमबाट मनसुन भित्रिँदै छ । मनसुन देशभर फैलिएर सक्रिय हुन भने केही समय लाग्ने महाशाखाले जनाएको छ ।
यस वर्ष गत वर्षको तुलनामा कम वर्षा हुने प्रक्षेपण मौसमविद्ले गरेका छन् ।
प्रतिक्रिया