रेडमी ए२ नेपाली बजारमा आउँदै के–के छन् विशेषता ?
काठमाडाैं । शाओमीले सस्तो मूल्यमा किन्न सकिने रेडमी ए२ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष शाओमीले रेडमी ए१ सार्वजनिक गरेको थियो । अहिलेको रेडमी ए २ त्यसैको अपग्रेड हो ।
डिजाइन र डिस्प्ले
रेडमी ए२ रेडमी एक १ सँग मिल्दोजुल्दो छ । यसको मोटाइ ९.०९ एमएम र वजन लगभग १९२ ग्राम रहेको छ । यसको पछाडि छालाको जस्तो बनावट रहेको छ । यो लाइट ग्रीन, लाइट ब्ल्यु र कालो गरेर तीन रङमा उपलब्ध हुनेछन् । रेडमी ए२ मा ए१ मा जस्तै ६.५२ एचडी प्लस एलसिडी रहेको छ । यसमा ५ एमपी सेल्फी क्यामेराका लागि टियर ड्रपनोज उपलब्ध छ ।
पर्फमेन्स
रेडमी ए २ मा गरिएको अपग्रेड भनेको मिडिया टेक हिलियो जी३६ १२ एनएम प्रोसेसरद्वारा सञ्चालित छ । यसमा चार Cortex-A53 (@2.2 GHz) र चार Cortex-A53 (@1.7 GHz) भएको अक्टा-कोर CPU छ। रेडमी ए२ मा ए१ मा जस्तै Helio A22 मा चार Cortex-A53 कोर भएको क्वाड-कोर CPU छ । सबै 2.0 GHz मा घडी छन्। Helio G36 ले समान PowerVR GE8320 GPU प्रयोग गर्दछ।
मूल्य
रेडमी २/३२ जिबीको मूल्य १२ हजार ९९९ हुने अनुमान गरेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया