नेकपा ब्यूँताउने प्रयास जारी छ, समाजवादी मोर्चा केही दिनमा घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नेकपा ब्यूँताउने प्रयास भइरहेको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नेकपा ब्यूँताउने प्रयास भएको बताएका हुन् ।
समाजवादी मोर्चा केही दिनमा घोषणा हुने उनले दाबी गरेका छन् । तल्लो तहसम्म मोर्चा विस्तार हुने भन्दै अन्ततः समाजवादी मोर्चाले नै नेकपा ग्रहण गर्ने प्रचण्डको विश्वास छ ।
‘समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ’, उनले भने ।
नेकपा ब्यूँताउन एमालेका एकतापक्षधर सकारात्मक भएपनि नेतृत्व बाधक भएको उनले आरोप लगाए ।
‘एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक देखिएका छन्’, उनले भने, ‘समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले नेकपा जन्माउने विचार र प्रयोग पनि आफ्नो भएको जिकिर गरेका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया