तौल घटबढ देखाउँछ ? यी गल्तीले हुनसक्छ
एजेन्सी । तौल नाप्दा धेरै व्यक्ति सहि समय र तरीका अपनाउँदैनन् । जुन बेला मन लाग्यो त्यहि समय तौल लिदा यसले तौलको सन्तुलन मिल्दैन् । सन्तुलन नमिल्दा तौलमा घटबढ हुन्छ ।
केही गल्तीले तौलमा केही ग्राम वा केजी नै फरकपन पनि आउन सक्छ । त्यसैले तौल नाप्नुअघि समय र तरीकामा पनि ध्यान दिनुपर्छ । तौल नाप्ने उत्तम र सहि समय भनेको बिहान खाली पेटमा हो । बिहान तौल लिदा सहि तौल आउने गर्छ भने तौलमा फरकपन पनि आउँदैन् ।
तौल लिनुअघि ध्यान दिनुहोस् यी कुरा
शौचालय जानुहोस्
बिहान उठेपछि र तौल नाप्नुअघि फ्रेश हुनुपर्छ । यसले तौलको परीणाम सहि आउँछ ।
केही नखानुहोस्
सहि तौलको परीणाम आउन केही नखाइ अर्थात खाली पेटमा तौल नाप्नुपर्छ । यदि तपाईले बिहान तौल नाप्नुअघि खाजा खानुभयो भने यसले तपाईको तौलमा ५०० ग्राम देखि १ केजीसम्म फरकपन निकाल्छ ।
साझँमा तौल ननाप्नुहोस्
यदि तपाईले साँझ वा दिउँसोको समय तौल नाप्नुभयो भने तपाईको तौल बढरे आउन सक्छ । दिउँसो खानेकुराहरु खाइएको हुन्छ । जसले गर्दा तौल सहि नआउन सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बेलुका भन्दा बिहान खाली पेटमा तौल नाप्ने उचित समय हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया