प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ ।
प्रधानन्यायाधीशमा सिफारिसपछि संसदीय सुनुवाइ समितिले कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिका अनुसार, कार्कीविरुद्ध विभिन्न उजुरी परेका छन् । उजुरीको समयसीमा सकिएपछि समितिले सुनुवाइ गर्न लागेको हो ।
समितिले सुनुवाइका लागि उनलाई अहिले बिहान ८ बजे लेखा समिति हलमा उपस्थित हुन भनेको छ ।
संसद् सचिवालयका अनुसार सुरुमा उनले प्रधानन्यायाधीश भएपछिका अवधारणा र कार्ययोजना राख्ने छन् । त्यसपछि सांसदहरूले प्रश्न गर्ने र उनले त्यसको जवाफ दिने कार्यक्रम छ । सम्भव भएसम्म आजै सुनुवाइ सकेर नाम सिफारिस गरी प्रतिनिधिसभामा पठाउने तयारी छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया