प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ शुक्रबार हुने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध परेको उजुरी सम्बन्धी संसदीय सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ ।
शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र कार्कीले जवाफ दिने कार्यसूची रहेको एक सदस्यले बताए । ती सदस्यका अनुसार सुनुवाइ शुक्रबार ८ बजेलाई सारिएको हो । बुधबार समितिले उजुरीकर्तासँग सामूहिक र व्यक्तिगत रूपमा छलफल गरेको छ ।
सोही आधारमा सुनुवाइका लािग कामु प्रधानन्यायाधीश कार्कीलाई आज बोलाइएको हो । बैठकमा कार्कीले न्यायालय सुधारका कार्यायोजना प्रस्तुत गरेका थिए । कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया