प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ शुक्रबार हुने
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध परेको उजुरी सम्बन्धी संसदीय सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ ।
शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र कार्कीले जवाफ दिने कार्यसूची रहेको एक सदस्यले बताए । ती सदस्यका अनुसार सुनुवाइ शुक्रबार ८ बजेलाई सारिएको हो । बुधबार समितिले उजुरीकर्तासँग सामूहिक र व्यक्तिगत रूपमा छलफल गरेको छ ।
सोही आधारमा सुनुवाइका लािग कामु प्रधानन्यायाधीश कार्कीलाई आज बोलाइएको हो । बैठकमा कार्कीले न्यायालय सुधारका कार्यायोजना प्रस्तुत गरेका थिए । कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया