घोराही सिमेन्टको आईपीओ बिक्री खुला
काठमाडाैं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आज (जेठ ३२) देखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गरेको हो ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।
उक्त आइपीओमा लगानीकर्ताले असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओको बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया