NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

घोराही सिमेन्टको आईपीओ बिक्री खुला

काठमाडाैं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आज  (जेठ ३२) देखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गरेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।

उक्त आइपीओमा लगानीकर्ताले असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओको बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै