NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

राजेश पायल राईको स्वरमा ‘साँझ पर्यो’ गीत सार्वजनिक

काठमाडाैं । गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडियो रिलिज गरिएको छ । रीमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।  यस गीतको निर्माता युनिक श्रेष्ठ र जीना श्रेष्ठ हुन् ।

रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका हुन् । उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।