NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यी हुन् वानएक्स बेटको प्रचार आरोपमा पक्राउ परेका कलाकार

काठमाडाैं । अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

जसमा नेपाली कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान  श्रेष्ठ, राजुमास्टर उर्फ राजु पौडेल, ‘म्याकुरी’ पवन खतिवडा, भटभटे माइला भन्ने बेगम नेपाली, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) छन्।

उनीहरूलाई  प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धानमा राखेको थियो ।