सङ्घीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन् ।
उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रञ्जु झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सुरु भएको मेला आगामी असार ३ गतेसम्म चल्नेछ । मेलामा ७५ शैक्षिक संस्थाका कक्ष रहने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । मेलामा स्वदेशका गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले बताए।
मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कक्ष छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया