NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मन र मस्तिष्क शान्त राख्न के गर्ने ?

एजेन्सी । बढ्दो कामको व्यस्तासँग घरको जिम्मेवारीले व्यक्तिमा तनाव, चिन्ता पनि बढी हुन्छ । जसले गर्दा मन र मस्तिष्क स्वस्थ रहन पाउँदैन् ।

चिन्ताले मनमा अत्यधिक कुरा खेलाउँदा यसले मानसिक समस्याको समेत सिकार गराउँछ । त्यसैले मन र मस्तिष्कलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । यसको लागि तपाईको दिनचर्चा पनि स्वस्थ हुन आवश्यक छ ।

के गर्ने

पर्याप्त निन्द्रा

शान्त र स्वस्थ मन र मस्तिष्कका लागि पर्याप्त निद्रा अत्यावश्यक छ । अपुग निन्द्राले मस्तिष्कलाई ताजा राख्दैन् र व्यक्तिमा थप आलश्यता ल्याउँछ। पर्याप्त निन्द्रा हुँदा मात्र व्यक्ति उर्जाशिल र ताजा रहन्छ । त्यसैले पर्याप्त निन्द्रा लिनुहोस् ।

स्वस्थ खानपान
खानपानको सन्तुलन मिल्यो भने यसले स्वत व्यक्तिको मन र मस्तिष्क शान्त राख्छ। त्यसैले बाहिरको प्रशोधित खानामा भन्दा फलफूल, नट्स, हरियो सागसब्जीमा जोड दिनुहोस् । यसले तपाईको मानसिक स्वास्थ्यलाई राम्रो राखीे चिन्ता र तनाव कम गर्दछ।

योग र व्यायाम

योग र व्यायामले व्यक्तिको शारीरीकसँगै मानसिक स्वास्थ्य पनि स्वस्थ राख्छ । बिहान उठेर केही समय योग र व्यायाम गर्दा दिनभर शरीर फूर्तिलोसमेत रहन्छ । शान्त मनका लागि योग र व्यायाम आवश्यक छ ।

सामाजिक सम्बन्ध 
मन र मस्तिष्क स्वस्थ राख्न तपाईको शरीर पनि त्यतिकै स्वस्थ हुनुपर्छ । व्यक्ति पूर्ण रुपमा स्वस्थ हुन उसलाई एक्लोपनको महसुस हुनु हुँदैन् । एक्लोपनले व्यक्तिलाई थप तनाव दिन्नुका साथै डिप्रेसनमा समेत पुयाउँछ । सामाजिक सम्बन्ध कायम राख्दा पनि मन शान्त हुन्छ ।

सकारात्मक सोच

तपाईको मन र मस्तिष्क स्वस्थ र शान्त हुन सकारात्मक सोच अपरिहार्य छ । सकारात्मक सोचले नै व्यक्तिको मनोबल बढ्छ भने उसमा उर्जा पनि रहिरहन्छ । यसले व्यक्तिलाई खुसी दिन्छ । जसले गर्दा उसमा तनाव, चिन्ता कम हु्न्छ । नकारात्मताले मन र मस्तिष्क दुवैलाई हानि गर्छ ।