NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रोटी र खाना एकसाथ खानु कति ठिक ?

एजेन्सी । सामान्यतया डिनरमा कि रोटी खाइन्छ कि भात तर पनि कोहीलाई भातसँग रोटी एकसाथ पनि खान मन पर्छ ।

स्वास्थ्यका लागि रोटी र खानाको संयोजन अस्वस्थ्य मानिन्छ । यसले स्वास्थ्य सम्बन्धी समस्याहरू निम्त्याउने स्वास्थ्य विज्ञ बताउँछन् । यी दुवैमा कार्बोहाइड्रेड प्रशस्त्र मात्रामा पाइन्छ भने दुवैमा क्यालोरीहरु पनि एउटै हुन्छन् ।

जसले मोटोपनको समस्या हुन्छ । रोटी र भात एकसाथ खाँदा तौल बढ्ने गर्छ । त्यसैले मोटोपनाको भय हुनेले एकसाथ रोटी र भात खानुहुँदैन् ।
त्यस्तै, रोटी र खानासँगै खाँदा उच्च रक्तचापको समस्याले पनि सताउँछ ।

यदि तपाईमा उच्च रक्तचापको समस्या छ वा मधुमेहको समस्या छ भने रोटी र खाना एकसाथ खानुहुँदैन् । यी दुई खाना सँगै खाँदा पाचन प्रणालीसमेत बिग्रन्छ र यसले पाचन प्रणालीलाई सुस्त बनाउँछ । यसले पेट दुख्ने समस्यासमेत निम्याउँछ । रोटी र खाना दैनिकसँगै खाँदा यसले निन्द्रा नलाग्ने र बारम्बार पिसाब लाग्ने समस्यासमेत गराउँछ ।