NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शाओमीको एमआई २३.८” डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मोनिटर २७” सार्वजनिक

काठमाडाैं । शाओमीले आफ्ना नवीनतम उत्पादनहरू Mi 23.8” डेस्कटप मोनिटर 1C र Mi डेस्कटप मोनिटर 27” सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचरहरू र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, ‘हाम्रा ग्राहकहरूमाझ Mi 23=8Æ डेस्कटप मोनिटर 1C र Mi डेस्कटप मोनिटर 27” लिएर आउन पाउँदा हामी उत्साहित छौँ । यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टीमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्दछ । यी मोनिटरहरूद्वारा ग्राहकहरूले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ, चाहे त्यो कामको लागि होस् वा अरु कुनै विषयका लागि ।’

डिस्प्ले

Mi 23.8” डेस्कटप मोनिटर 1C, प्रयोगकर्ताहरूलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो जसले 23.8–OGr IPS FHD डिस्प्लेसँग स्पष्ट र साँचिकै अगाडि भए जस्तो डिटेलहरू प्रदान गर्दछ । १७८ डिग्री भियुइंग एंगल भएको यस मोनिटर काम र मनोरञ्जन दुवैका लागि उत्कृष्ट रोजाइ रहेको कम्पनीको दाबी छ ।

डेस्कटप मोनिटर २७” ले आफ्नो अत्याधुनिक डिस्प्ले र शक्तिशाली प्रदर्शनको साथ डेस्कटप कम्प्युटिङलाई नै एक नयाँ स्तरमा पुर्याउँदछ । 27–OGr IPS FHD डिस्प्लेसहित १७८ भियुइंग एंगलले स्पष्ट र आफ्नो अगाडि नै भए जस्तो डिटेलहरू प्रदान गर्दछ । व्यावसायिक डिजाइनका काम, गेमिङ, मल्टिमिडिया जस्ता सबै कामका लागि यो मोनिटरले एक उच्चस्तरीय अनुभव प्रदान गर्दछ ।

फास्ट रेस्पोन्स

फास्ट रेस्पोन्स र 60Hz रिफ्रेस रेटसँग सुसज्जित Mi 23.8” डेस्कटप मोनिटर 1C ले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्न सक्दछ ।

त्यसैगरी 75Hz को अधिकतम रिफ्रेस रेट, 6ms को फास्ट रेस्पोन्स र 300 nits ब्राइटनेस भएको Mi डेस्कटप मोनिटर 27” ले सिमलेस भिजुअल र फ्लुइड मोसनसँगै गेमरहरूका लागि नवीन अनुभव प्रदान गर्दछ भने साथै सहज भिडियो प्लेब्याक पनि यसले सुनिश्चित गर्दछ ।

आकर्षक डिजाइन

Mi 23.8” डेस्कटप मोनिटर 1C ले इमर्सिभ दृश्य अनुभवका लागि ३–साइड बोर्डरलेस स्क्रिन प्रदान गर्दछ । अल्ट्रा–स्लिम बडी र पातलो 7.3 mm मोटाइ रहेको यो मोनिटरले डेस्क स्पेस बचाउने स्लिम र आधुनिक लुक किफायती मूल्यमा नै सुनिश्चित गर्दछ । अर्कोतर्फ Mi डेस्कटप मोनिटर 27” ले पनि इमर्सिभ अनुभव प्रदान गर्न ३–साइड बोर्डरलेस स्क्रिन सुनिश्चित गर्दछ र मात्र 7.5 mm मोटाइको साथ एक आकर्षक र अल्ट्रा–स्लिम डिजाइनले घर वा काम गर्ने स्थानको वातावरणमा अझै सौन्दर्य थप्ने काम गर्दछ ।

एडजस्टेबल स्ट्यान्ड

Mi 23.8”  डेस्कटप मोनिटर 1C, 15° पछाडि र 5° अगाडि ढल्काउन सकिन्छ भने Mi डेस्कटप मोनिटर 27, 21° पछाडि र 5° अगाडि ढल्काउन सकिन्छ जसले गर्दा आफ्नो अनुकूलता अनुसार यी मोनिटरहरुलाई मिलाउन सकिन्छ ।

सजिलो कनेक्टिभिटी

Mi 23.8” डेस्कटप मोनिटर 1C को विभिन्न कनेक्टिभिटी अप्सनहरू सहित HDMI / VGA पोर्टहरूद्वारा प्रयोगकर्ताहरूले सहज रूपमा अरु धेरै उपकरणहरू जडान गर्दै उत्पादकता र सुविधा बढाउन समर्थ हुनेछन् । त्यसैगरी Mi डेस्कटप मोनिटर 27” मा भएको HDMI, VGA र अडियो सहित विभिन्न कनेक्टिभिटी अप्सनहरूले प्रयोगकर्ताहरूलाई विभिन्न उपकरणहरू एकै साथ जडान गर्न र तिनीहरूको पूर्ण लाभ उठाउन मद्दत गर्दछ ।

MI 27 ” डेस्कटप मोनिटर र MI 23.8” डेस्कटप मोनिटर 1Cको बजार मूल्य २२ हजार ९९९ र १९ हजार ९९९ हो । जुन नेपालभरका सबै आधिकारिक MI स्टोरहरूमा यी मोनिटरहरु उपलब्ध हुनेछ ।