भुटानी शरणार्थी प्रकरण- प्रहरीले थाल्यो दोस्रो चरणको अनुसन्धान
काठमाडौं । पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ ।
अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी भन्छन्, ‘दोस्रो चरणको अनुसन्धान चलिनै रहेको छ, फरार अभियुक्त पक्राउदेखि प्रमाणको खोजीमा हामी लागिरहेका छौँ ।’
सो मुद्दामा १५ जना फरार छन् । जसमध्ये १२ जना अदालतमा मुद्दा दायर भएका फरार छन् । तीन जनाको प्रष्ट ठेगाना खुल्न सकेको छैन । जसमध्ये एक बिचौलिया बेचन झा हुन् । उनले नै तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र यो धन्दामा संलग्न गिरोहबीच सम्पर्क गराइदिएका थिए । झा पक्राउ परे यो प्रकरणमा थप पाटो प्रष्ट हुने प्रहरी अधिकारी बताउँछन् ।
बिचौलियाहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि केपी ओलीका पिए राजेश बज्राचार्यसम्मलाई पैसा बुझाएको दाबी गरेका छन् । तैपनि, थप प्रमाण खुल्न नसक्दा उनीहरूमाथि पहिलो चरणमा प्रहरीले अभियोग अघि बढाउन सकेन । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया