NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कपाल झर्ने समस्या छ ? एउटै काइँयो धेरैले प्रयोग गरेर पनि हुन सक्छ

एजेन्सी । अहिले कपाल झर्ने समस्या तीव्र गतिमा बढेको छ । यसका विभिन्न कारणमध्ये एक तपाईले प्रयोग गर्ने काइँयो पनि हुन सक्छ । यदि तपाइ अरुको काइँयो प्रयोग गर्नुहुन्छ भने पनि यो समस्या देखिने गर्छ ।

अधिकांश व्यक्तिले आफ्ना काँइयो, तौलियाहरु सेयर गर्ने गर्छन् । जसले कपालसम्बन्धी समस्या निम्तिन सक्छ । खासमा काइँयो, तौलिया व्यक्तिगत नै हुनुपर्छ ।  काइँयो तथा ताैलिया व्यक्तिगत नहुँदा कपाल तथा छालामा विभिन्न समस्या देखापर्छ।

एक व्यक्तिको काँइयो अर्कोले प्रयोग गर्दा यसबाट संक्रमणजन्य रोगहरु सर्ने गर्छ । यसले नै कपाल झर्ने, चिलाउने जस्ता समस्या हुन सक्छ ।

एउटै काइँयो धेरैले प्रयोग गर्दा कस्ता समस्या देखिन्छन् ?

जुम्रा पर्ने

धेरैले प्रयोग गरेको काइँयो प्रयोग गर्दा कपालमा जुम्रा पर्ने जोखिम उच्च हुन्छ । अझ यदि व्यक्तिको कपालमा पहिलेदेखिनै जुम्रा छन् भने यो तपाईको काइँयोका माध्यमबाट कपालमा सर्छ ।

कपाल झर्ने

अन्य व्यक्तिको काइँयो प्रयोग गर्दा अर्को देखिने समस्या कपाल झर्ने हो । काइँयोको दाँतबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सहजै सर्न सक्छ । जसले कपालसम्बन्धी समस्या ल्याउँछ ।

फंगल इन्फेक्सन

काँइयो साझा गर्दा टाउकोमा धेरै प्रकारका इन्फेक्सनहरु पनि हुन्छन् । यसले टाउकोको छालामा घाउ आउने तथा डन्डिफोरको समस्यासँगै कपाल चिलाउनेसमेत हुन्छ ।

प्रयोग गर्नै परे कसरी गर्ने ?

व्यक्तिगत काँइयो प्रयोग गर्दा गदै पनि कहिलेकाही बाहिर हुँदा अन्य व्यक्तिको काइँयो प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो समय केही कुरा ध्यान दिएर काँइयो प्रयोग गर्दा यस्ता जोखिमबाट बच्न सकिन्छ ।

जस्तो अरुको काइँयो प्रयोग गर्दा पहिले काँइयो सफा गर्ने अनि मात्र प्रयोग गर्ने, काइँयोको किटाणुहरु हटाउन सेनिटाइजरले सफा गर्ने र सम्भव भए काँइयो केही मिनेट तातो पानीमा राख्ने । यी साधारण कुरामा ध्यान दिदा पनि संक्रमण तथा कपाल झर्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ । तर सकेसम्मे काइयो व्यक्तिगत नै प्रयोग गर्नुपर्छ ।