NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लौकाको जुस हानिकारक कि फाइदाजनक ?

एजेन्सी । लौकालाई पौष्टिक तत्वको पावर हाउस भनिन्छ । स्वस्थ र तन्दुरुस्त शरीरका लागि लौकाको जुस लाभदायिक छ । लौकामा भिटामिन सी, बी १, बी २, बी ९ आदि धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ।

यी सबैले एन्टिअक्सिडेन्टको भूमिका खेल्छ । जसले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ । गर्मीमा यसको सेवनले शीतलता प्रदान गर्छ भने शरीर हाइड्रेड पनि राख्छ । यसका अलावा लौकाको जुसले तौल नियन्त्रणमा राख्नसमेत मद्त गर्छ । यसमा पाइने पोटासियम, क्याल्सियम, सोडियम, आइरन, फस्फोरस शरीरका लागि आवश्यक पर्ने तत्व हुन् ।

लौकामा फाइबरको मात्रा धेरै हुन्छ । यदि तपाईलाई छिटो छिटो भोक लाग्छ भने लौकाको जुस तपाईलाई प्रभावकारी हुन्छ । लौकाको जुस मुटुको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । एक अध्ययनमा लगातार ९० दिनसम्म खाली पेटमा लौकाको जुस पिउँदा यसले कोलेस्ट्रोलको मात्रा घटाउन सक्छ । उच्च रक्तचाप नियन्त्रणका लागि पनि लौकाको जुस खान सकिन्छ ।

लौकामा उच्च मात्रामा कोलिन पाइन्छ। यो एक न्यूरोट्रांसमिटर हो, जसले मस्तिष्क कोशिकाहरूको स्वस्थ कार्यमा मद्दत गर्दछ। यसले मानसिक स्वास्थ्य स्वस्थ राख्नुका साथै पेटको सम्बन्धी समस्याहरु समेत हुन दिदैन् ।

कब्जियतको समस्यामा पनि लौका गुणाकारी  छ । यसमा पाइने फाइबर र एन्टिअक्सिडेन्ट ले पाचन प्रणाली स्वस्थ राख्छ । स्वस्थ शरीरसँगै स्वस्थ छालाको लागि पनि लौका फाइदाजनकछ । यसले छाला चम्किलो बनाउँछ भने दागहरूसमेत हटाउँछ । लौकाको जुसले प्राकृतिक क्लिन्जरको रूपमा काम गर्ने भएकाले शरीरबाट विषाक्त पदार्थ यसले बाहिर निकाल्छ ।