NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पोखरा महानगरमा पनि भारतीय सिनेमा प्रदर्शनमा रोक

काठमाडौं । पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।

महानगरपालिकाका मेयर धनराज आचार्यले त्यहाँस्थित सबै सिनेमा हलहरूलाई पत्राचार गर्दै कुनै पनि भारतीय फिल्म प्रशारण नगर्न निर्देशन दिएका हुन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित डायलग नसच्चिएसम्म महानगरपालिका क्षेत्रका चलचित्र घरमा भारतीय सिनेमा प्रदर्शन नगर्ने मेयर आचार्यको अडान छ ।

काठमाडौंका मेयर बालेन शाहले आजबाट महानगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन् । उक्त संवाद नेपालमा मात्रै नभएर भारतमा पनि हटाइनुपर्ने मेयरको माग छ ।