पोखरा महानगरमा पनि भारतीय सिनेमा प्रदर्शनमा रोक
काठमाडौं । पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।
महानगरपालिकाका मेयर धनराज आचार्यले त्यहाँस्थित सबै सिनेमा हलहरूलाई पत्राचार गर्दै कुनै पनि भारतीय फिल्म प्रशारण नगर्न निर्देशन दिएका हुन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित डायलग नसच्चिएसम्म महानगरपालिका क्षेत्रका चलचित्र घरमा भारतीय सिनेमा प्रदर्शन नगर्ने मेयर आचार्यको अडान छ ।
काठमाडौंका मेयर बालेन शाहले आजबाट महानगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन् । उक्त संवाद नेपालमा मात्रै नभएर भारतमा पनि हटाइनुपर्ने मेयरको माग छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया