क्यानडामा खालिस्तानी नेता निज्जरको गोली हानी हत्या
काठमाडौं (एजेन्सी) । खालिस्तानी नेता हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या भएको छ ।
दुई अज्ञात आक्रमणकारीले क्यानडाको सरेस्थित गुरु नानक सिख गुरुद्वारा नजिकै खलिस्तानी नेता हरदीपको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हरदीप निज्जर गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष र क्यानडामा चरमपन्थी संगठन सिख फर जस्टिसका मुख्य हर्ताकर्ता हुन् ।
सिख फर जस्टिस भारतमा प्रतिबन्धित छ । भारतका लागि लागि तारो बनेका निज्जरमाथि एनआइएले सन् २०२२ मा १० लाख रूपैयाँको इनाम घोषणा गरेको थियो । यति मात्रै होइन, भारत सरकारले क्यानडा सरकारसँग निज्जरविरुद्ध कारबाही गर्न पनि अपिल गरेको थियो ।
एक हप्ताको अन्तरमा यो संगठनमा पुगेको यो दोस्रो ठूलो क्षति हो । केही दिनअघि मात्रै खालिस्तानी नेता अवतार सिंह खाण्डाको बेलायतमा मृत्यु भएको थियो । खांडा खालिस्तान लिबरेसन फोर्सका बेलायती प्रमुख थिए। मेडिकल रेकर्डले अवतार सिंह खाँडा ब्लड क्यान्सरबाट पीडित रहेको खुलेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया