राजदुत शर्मालाई तत्काल फिर्ता बोलाइ कारवाही गर्न सुवालको माग

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले राजदुत शर्माले अखण्ड भारतको नक्साले नेपालमा कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्री भन्दा पनि अगाडि बढेर शर्माले अभिव्यक्ति दिनु कुटनीतिक मर्यदाविपरित भएको जिकिर गरे । साथै उनले राजदुत शर्मालाई तत्काल फिर्ता बोलाएर स्पष्टिकरण सोध्न माग गरे ।
‘भारतका लागि नेपाली राजदुत शंकर शर्माले अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो । तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अगाडि बढेर बोलिरहनुभएको छ’, उनले भने ।
राजदुत शर्माको अभिव्यक्तिलाई लिएर सरकारले कुनै कारवाही नगरेकोमा उनले विरोध जनाए ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया