NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध  मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार  घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उनलाई पक्राउ गरेको थियो । आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष