खाने बित्तिकै पेट दुख्छ ? यसरी कम गर्नुहोस्
एजेन्सी । कतिपय व्यक्तिलाइ खाना खानासाथ पेट दुख्ने गर्छ । यसका विभिन्न कारण हुन सक्छन् । खाना खाएपछि तुरुन्तै हिड्ने तथा खाने बित्तिकै सुत्ने बानीले पनि खाना खाएपछि पेट दुख्ने समस्या निम्तिन्छ ।
यसबाहेक पिरो, मसालेदार, तारेको, चिल्लो वा बाँसी खाना खाएको छ भने पनि पेट दुख्ने गर्छ । अधिकाशंको बानी खाना खाइसकेपछि तुरुन्तै पल्टने हुन्छ । यसले पेटमा ग्यास छिटो भरिन्छ र पेटको दुखाइ हुनसक्छ ।खाना खाएपछि केही समय सक्रिय भएर मात्र सुत्नु पर्छ । यसले खाएको खाना पच्छ र पेट दुख्ने समस्या हुँदैन् ।
यसरी कम गर्नुहोस्
खाना खानासाथ पेट दुख्छ भने मनतातो पानी पिउनुहाेस् । यसले केही समयमा पेट दुखको कम गर्छ । यस्तै, खाना खाने बित्तिकै पेट दुख्दा वज्रासन आसानमा केही समय बस्नुहोस् । यसले खाएको खाना छिटो पचाउँछ र पेट दुखेको कम हुन्छ ।
त्यस्तै, पेटमा तातो चिज राख्नाले पनि पेट दुखेको कम हुन्छ । हट ब्यागमा तातो पानी राखेर सेक्दा पेटको दुखाइबाट राहत पाउन सकिन्छ । यसले पेट वरपरका मांसपेशीहरूले आराम दिन्छ ।
ज्वानोको प्रयोग पनि पेटकाे दुखाईमा प्रभावकारी हुन्छ । ज्वानो पानीले पेटको दुखाइ हट्छ । बिरे नुन पनि पेट दुखाईको अचुक औषधि हो । पेट दुख्दा बिरे नुन मनतातो पानीसँग खानुहोस् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया