NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्राकृतिक तरिकाले सेतो कपाल कालो बनाउन के गर्ने ? 

एजेन्सी । उमेर बढ्दै जादा कपाल सेतो हुनु प्राकृतिक प्रक्रिया हो । तर अहिलेको समय युवाहरुमासमेत कपाल सेतो हुने समस्या देखिन थालेको छ । कपाल सेतो हुँदा उनीहरु कपालमा मेहेन्द्री तथा रङ प्रयोग गर्छन् ।

तर कपाल कालो बनाउने मेहेन्द्री तथा रङमा कपाललाई हानि पु-याउने रसायनहरु मिसिएका हुन्छन् । आज हामी यहा फुलेको कपाललाई प्राकृतिक रुपमा कालो बनाउने केही घरेलु तरीकाबारे बताउँछौं :

कालो चिया

कालो चियामा प्रशस्त मात्रामा ट्यानिन नामक रसायन हुन्छ, जसले कपाललाई प्राकृतिक रूपमा कालो बनाउन मद्दत गर्छ। यसको प्रयोग हप्ताको दुई तीन पटक गर्नसक्नुहुन्छ ।

कफी

अर्को प्राकृतिक रुपमा कपाल कालो बनाउन कफि पनि उपयोगी छ । यदि तपाई कपाल कालो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई चोटी कफीको पेस्ट बनाएर कपालमा लगाउन सक्नुहुन्छ ।

अमला

अमला पनि कपाल कालो बनाउने प्राकृतिक उपचार हो । अमला पाउडरलाई पानीमा मिसाएर कपालमा लगाउनाले कपाल कालो हनुकासाथै चम्किलो हुन्छ ।

नरिवल तेल र कागतीको रस

यदि तपाइको कपाल फुलेको छ भने नरिवल तेल र कागतीको रस लाभदायिक हुन सक्छ । नरिवलको तेल र कागतीको रसलाई बराबर भाग मिलाउनुहोस्, त्यसपछि उक्त मिश्रणलाई आफ्नो कपालमा लगाउनुहोस् । तपाई हप्तामा दुई चोटी यसको प्रयोग गर्न सक्नुहुन्छ ।