प्राकृतिक तरिकाले सेतो कपाल कालो बनाउन के गर्ने ?
एजेन्सी । उमेर बढ्दै जादा कपाल सेतो हुनु प्राकृतिक प्रक्रिया हो । तर अहिलेको समय युवाहरुमासमेत कपाल सेतो हुने समस्या देखिन थालेको छ । कपाल सेतो हुँदा उनीहरु कपालमा मेहेन्द्री तथा रङ प्रयोग गर्छन् ।
तर कपाल कालो बनाउने मेहेन्द्री तथा रङमा कपाललाई हानि पु-याउने रसायनहरु मिसिएका हुन्छन् । आज हामी यहा फुलेको कपाललाई प्राकृतिक रुपमा कालो बनाउने केही घरेलु तरीकाबारे बताउँछौं :
कालो चिया
कालो चियामा प्रशस्त मात्रामा ट्यानिन नामक रसायन हुन्छ, जसले कपाललाई प्राकृतिक रूपमा कालो बनाउन मद्दत गर्छ। यसको प्रयोग हप्ताको दुई तीन पटक गर्नसक्नुहुन्छ ।
कफी
अर्को प्राकृतिक रुपमा कपाल कालो बनाउन कफि पनि उपयोगी छ । यदि तपाई कपाल कालो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई चोटी कफीको पेस्ट बनाएर कपालमा लगाउन सक्नुहुन्छ ।
अमला
अमला पनि कपाल कालो बनाउने प्राकृतिक उपचार हो । अमला पाउडरलाई पानीमा मिसाएर कपालमा लगाउनाले कपाल कालो हनुकासाथै चम्किलो हुन्छ ।
नरिवल तेल र कागतीको रस
यदि तपाइको कपाल फुलेको छ भने नरिवल तेल र कागतीको रस लाभदायिक हुन सक्छ । नरिवलको तेल र कागतीको रसलाई बराबर भाग मिलाउनुहोस्, त्यसपछि उक्त मिश्रणलाई आफ्नो कपालमा लगाउनुहोस् । तपाई हप्तामा दुई चोटी यसको प्रयोग गर्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया