ब्राजिलको दूतावासमा छुरा प्रहार, सुरक्षाकर्मीको मृत्यु
एजेन्सी । ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ।
ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले उल्लेख गरेको छ, ‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन्।’
बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको बताएका छन् । आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया