NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यस्तो छ पर्यटनमन्त्री किराँती र पूर्वपर्यटनमन्त्री आलेबीच विवादको अन्तर्य

काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र पूर्वसंस्कृतिमन्त्री प्रेम आलेबीच पछिल्लो समय द्वन्द्व बढ्दै गएको छ ।

पूर्वका किराँती र सुदूरपश्चिमका आलेबीचको आन्तरिक द्वन्द्व सामाजिक सञ्जालदेखि संसदसम्म छताछुल्ल पोखिएको छ । एउटै डुंगामा सवार यी दुई नेताबीचको आन्तरिक द्वन्द्वले गठान्धन सरकारका नेताहरूको आचरण र व्यवहार खस्किँदै गएको देखिन्छ ।

यसअघि मन्त्रीमा बहालवाला रहेकै अवस्थामा अराजक र अस्लिल अभिव्यक्तिबाट विवादमा तानिएका आले र पहिलो पटक मन्त्री बन्ने अवसर पाएका किराँतीबीच देखिएको असामाजिक, अराजनीतिक र सांस्कृतिक रूपमा देखिएको विचलनलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अहिले माओवादीसहित एकीकृत समाजवादीसमेत सरकारमा सहभागी छन् । गठबन्धनको संस्कार विपरित आलेले जेठको अन्तिम साता मन्त्री किराँतीविरूद्ध संसदमा आगो ओकले । किराँतीलाई ‘स्टन्ट’मन्त्रीको आरोप लगाउँदै विचोलीयाको प्रलोभनमा पशुपति विकास कोषको जग्गा अपचलन गरेको, घाटामा रहेको नेपाल वायुसेवा निगम तीन महिनामा नाफामा गएको भनेर झुटो बोलेको आरोप लगाए ।

‘गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा योपटक पशुपति घाटमा छिरेको छ । २०७९ माघ १४ गते तार काटियो’, मन्त्री किराँतीमाथि अरोप लगाउँदै ओलेले भने, ‘जसले सत्यतथ्य पत्ता लगायो तर पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै पुरस्कार स्वरूप छानविन समितिका संयोजक देवी बराललाई सदस्यबाट हउटाउने काम गर्यो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो ।’

आलेको आरोपप्रति निकै आक्रोसित भएका मन्त्री किराँतीले उनको नाम नै नलिइ बारूदको पहाडमाथि बसेर सलाई नर्कोन चेतावनी दिए । आफूले धेरै कुरा नजान्ने भन्दै उनले देश र जनताको लागि राम्रो काम गर्न आएको बताएका थिए ।

‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे, आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू,’ मन्त्री किराँतीले चेतावनी दिएका थिए ।

जेठ ३२ गते बसेको प्रतिनिधिसभाको बैठकमा आलेले कोषको ध्याम्पे दानपेटीका हराएको, मूर्ति तथा बहुमुल्य संपदा चोरिएको, कोषका अध्यक्ष मन्त्री र पदाधीकारी मस्त निन्द्रामा रहेको, गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसावि गरेर ३१ रोपनी जग्गा विचौलीयासँग मिलेमतोमा अपचलन गरेको आरोप लगाएका थिए । उनले अपचलन गर्ने तीनै विचौलीयालाई कोषको सदस्यमा नियुक्त गरेर जग्गा हडपेको विरोध गर्ने सदस्यहरूलाई हटाउनका लागि मन्त्री किराँतीले स्पष्टीकरण सोधेको आरोप लगाए ।

त्यस्तै महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण प्रतिवेदनले नेपाल वायुसेवा निगमको घाटा एक अर्ब ७० करो देखाएको, वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसकेको तथ्य प्रस्तुत गर्दै उनले तीन महिनामा निगमले ४ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले सञ्चार माध्ययमा झुट बोलेको आरोप लगाए ।

नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको ऋण नतिरेर तीन वटा जहाज खरिद गर्ने जुन कुरा पनि कुनै सत्यता नभएको आलेको जिकिर थियो । जेठ २६ गते मन्त्रिस्तरीय निर्णयबाट बन्दै गरेको कानुको मस्यौदाको हवला दिएर काभ्रेमा हेलिपोर्ट निर्माण गर्न स्वीकृति दिनु नेपालको संविधानको विपरित उनले बताए । जसमा रक्षा मन्त्रालय र जंगी अड्डाको गम्भीर असहमति हुँदाहुँदै मन्त्रीले हवाइ माफियालाई पोस्ने काम गरेको आरोप लगाए ।

मन्त्री किराँतीमाथि आले आक्रोसित हुनुमा यथार्थपरक भन्दा पनि स्वार्थप्रेरित रहेको किराँती निकटस्थले बताएका छन् । निकटस्थकाअनुसार आले पर्यटनमन्त्री हुँदा विकास कोषको सदस्यमा नियुक्त गरेका बराललाई जिम्मेवारीबाट मुक्त गर्नु रहेको छ ।
विवादास्पद पृष्ठभूमिका बराललाई स्पष्टीकरण सोधेर मन्त्री किराँतीले हटाएका थिए ।

कारवाहीपछि आक्रोसित भएका उनी मन्त्री, किराँतीदेखि कोषका सदस्य–सचिव, कोषाध्यक्षसहित अन्य पदाधिकारीविरुद्धमा पनि लागेका थिए । पर्यटनमन्त्री हुँदा आलेलाई बरालले नै सहजिकरण गरेका थिए । कोषको गौशाला जग्गामा मारवाडी सेवा समितिले उपभोग गरेको जग्गाको विषयमा अध्ययन गर्न बरालकै नेतृत्वमा कोषले समिति बनाएको थियो । तर बरालले समितिसँग मिलेर आफ्नो स्वार्थअनुकुल काम गरी आर्थिक अपचलन गरेको आरोप लाग्यो । यसैगरी किराँतीले आलेनिकट सदस्य विष्णुकरण जैनलाई पनि हटाइदिए । अर्का सदस्य पूर्णबहादुर जेठारालाई स्पष्टीकरण सोधेका थिए । यहि विषयलाई लिएर आलेले सदनमा मन्त्री किराँतीविरूद्ध आक्रोस पोखेको देखिन्छ ।