मनसुनमा छालामा कस्ता समस्या देखिन्छन् ?
एजेन्सी । मनसुनको समयमा पानी पर्नुका साथै गर्मी पनि अत्यधिक बढ्छ । पानी परेको चर्को घाममा हावाको आर्द्रता पनि बढ्छ । जसका कारण छालामा विभिन्न प्रकारका समस्या देखा पर्छन् ।
मनसुनमा छालामा ब्याक्टेरिया पनि उच्चसँग बढ्छ। जसले फंगल इन्फेक्सन, चिलाउने, एलर्जी हुने समस्या देखिन्छ । यसबाहेक पसिनाले टाउकोको चिल्लोपना पनि बढेर जान्छ । यसले गर्दा टाउकोमा पिम्पल , घाउको समस्यासमेत देखिन्छ । मनसुनको समयमा छालामा पानी फोका आउने, एक्जिमाको समस्या पनि अत्यधिक हुन्छ ।
यसबाट बच्न छालालाई संक्रमणबाट जोगाउनु आवश्यक छ । यसका लागि मनसुनको समयमा पानीमा भिज्नु हुँदैन् । पानीमा भिजेको छ भने पनि घर आएर सफा पानीले नुहाउनु पर्छ । पानीमा फिटकीरी मिसाउँदा पनि हुन्छ । फिटकिरीमा संक्रमणसँग लड्ने गुण हुन्छ । यसले छालालाई स्वस्थसमेत राख्छ ।
छालामा हुने यस्ता समस्याहरुबाछ जोगिन छाला सफा राख्नुपर्छ । छालामा धुलोका कणहरु हुँदा एलर्जी हुन्छ । छालाको सुरक्षा गर्न हामीले खाने खानपानको पनि प्रमुख भूमिका हुन्छ । सन्तुलित आहार छालाको लागि निकै महत्त्वपूर्ण हो । त्यसैले मनसुनमा सिजन अनुसारका फलफूल, ताजा हरियो साग सब्जी, नट्सको सेवनसँगै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसले बाहिरबाट नभई भित्रैबाट छालामा प्राकृतिक सुन्दरता दिन्छ ।
मनसुनमा छालाको संक्रमणबाट बच्न टी ट्री ओयल पनि प्रभावकारी हुनसक्छ । यसमा एन्टिमाइक्रोबियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालाको धेरै प्रकारको एलर्जीबाट राहत दिन्छ। यसबाहेक एलोभेरा पनि छालासम्बनधी समस्याहरुमा लाभदायिक छ । छाला चिलाउने, रातो हुने, एक्जिमा, एलर्जि जस्ता समस्यामा यसको प्रयोग गर्नसकिन्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया