सीलाई ‘तानाशाह’सँग तुलना गरेकोप्रति चीनको आपत्ति
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ ।
क्यालिफोर्नियामा मङ्गलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले सी आक्रोशित भएको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण सम्पन्न गरेको केही दिनपछि दुई विश्व शक्तिराष्ट्रबीच द्वन्द्व हुन नदिन सञ्चार प्रणालीलाई पुनः स्थापित गर्ने उद्देश्यले भ्रमण सम्पन्न गरेको केही दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।
बाइडेनले भने, “जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स कारले त्यो बेलुन खसालेँ, तब सी चिनपिङ निकै निराश हुनुभयो । कारण के हो भने उहाँलाई थाहा थिएन । जासुसी उपकरणले भरिएको बाकस बेलुनमा थियो ।”
बाइडेनले भनेका थिए, “म गम्भीर छु । उनीहरूलाई के भयो थाहा थिएन । तानाशाहहरूका लागि यो ठूलो लज्जाको विषय थियो ।”
बेइजिङको विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘हास्यास्पद’ भनेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “अमेरिकी पक्षको केलुनसँग सम्वद्ध टिप्पणी अत्यन्त ‘हास्यास्पद र गैरजिम्मेवार’ छ, यसले आधारभूत तथ्य, कूटनीतिक मर्यादा र चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गरेको छ ।”
उनले भने, “चीन यस बिषयमा कडा रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया