NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पुरुषका लागि कस्तो फेसप्याक ?

एजेन्सी । महिलाको तुलनामा पुरुषको छाला कडा हुन्छ । यसको लागि महिला र पुरुषलाई एउटै फेस प्याकले हुँदैन् । सामान्यतया पुरुषहरु आफ्नो छालको खासै ख्याल गदैनन् ।

यसले उनीहरुको छालामा विभिन्न समस्या हुन्छन् । जसले उनीहरुको छाला रुखो देखिन्छ । त्यसैले पुरुषले पनि हप्ताको एक पटक छालाअनुसार फेस प्याक लगाउनु पर्छ । यसले छाला स्वस्थ र सफा पनि राख्छ । छाला स्वस्थ र सफा महिला र पुरुष दुवैको लागि आवश्यक छ ।

पुरुषको लागि यी फेसप्याक

मुलतानी माटो फेसप्याक

पुरुषको छालामा मुलतानी माटोको फेस प्याक उपयुक्त हुन्छ । यसले सन ट्यान र पिम्पको समस्या हटाएर छाला सफा राख्छ । मुलतानी माटोमा काचो दूध र मह मिसाएर हप्ताको एक पटक लगाउनु सकिन्छ । यसले पार्सहरुलाई समेत कम गर्छ ।

चारकोल फेसप्याक

पुरुषको छालाको लागि चारकोल फेसप्याक पनि फाइदाजनक छ । यसले छालाको मृत कोशिकाहरु हटाउँछ र छालालाई सफा गर्छ । साथै यसले ब्ल्याकहेड्स र ह्वाइटहेड्स पनि हटाउँछ । धुलो धुवाको कणहरुले छाला सुख्खा र रुखो बनाउँछ ।

यो फेसप्याकले छालालाई पोषण दिएर नरम बनाउँछ । यसको प्याक बनाउन एक चम्चा चारकोल पाउडर लिनुहोस् र यसमा मह र ल्याभेन्डर तेल मिसाउनुहोस् । अब यो प्याक अनुहारमा लगाउनुहोस् ।

कफी फेसप्याक

कफीले मृत छाला र कोशिकाहरू एक्सफोलिएट गर्न मद्दत गर्दछ। यो छालाको सूजन, रातोपन कम गर्न प्रभावकारी छ। यसले छालामा रक्तसञ्चार सुधार गर्छ, जसले छालाको कालोपनलाईसमेत कम गर्छ। यो फेसप्याक बनाउन कफी लिनुहोस् र त्यसमा एक अण्डाको पहेको भाग मिसाउनुहोस् उक्त मिश्रणमा एक चम्चा एलोभेरा जेल र कागतीको रस मिसाएर लगाउनुहोस् । यो फेस प्याक हप्तामा एक वा दुई पटक प्रयोग गर्नुहोस् ।