NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बाबुरामले किन गरे प्रमुख दलहरूको संयुक्त सरकारको प्रस्ताव ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूको संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन् ।

उनले पालैपालो कुर्सी साटासाट गरेर समय खेर फाल्नुभन्दा संयुक्त सरकार बनाएर कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक हुन सक्ने दृष्टिकोण अघि सारेका हुन् ।

‘पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बॉकी कामको समापन, थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ’, बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

त्यस्तै उनले आम निर्वाचनपछि नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढापूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको उल्लेख गरेका छन् ।

‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण९तगचदगभिलत०बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन’, उनले लेखेका छन्, ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण÷भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न कांग्रेस र एमाले नेतृत्वकै दोस्रो तहका नेताहरू सक्रिय रहेको, सरकार ढल्न नदिन प्रचण्डको नेतृत्वमा माओवादीसहितका समाजवादी मोर्चा बनेको अवस्थामा उनको प्रस्तावलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग पछिल्लो समय भट्टराई आफै सन्तुष्ट छैनन् । समाजवादी मोर्चा बनाउन आवश्यक रहेको भन्दै अग्रसर रहेका उनी आफै मोर्चाबाट बाहिरिएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि प्रचण्ड सरकार निकै आलोचित भइरहेको छ ।