अवैध लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा झापा भद्रपुर नगरपालिका–४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया