भरतपुरमा अतिक्रमित संरचना हटाइयो
चितवन । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ ।
महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो ।
भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालका अनुसार नहर मिचेर बनाइएका संरचना र सडक क्षेत्राधिकार मिचेर बनाइएका १२ भौतिक संरचना हटाइएको हो । महानगरले सडक सञ्जाल विस्तार र सार्वजनिक जग्गा संरक्षणका क्रममा ती संरचना हटाएको हो ।
विसं २०५२ देखि निर्माण भएका संरचना हटाइएको हो । सडकबाट १५ मिटर क्षेत्रमा रहेका संरचना हटाइएको छ । यसअघि महानगरले नारायणी नदी किनारमा बनेका संरचना, चितवन माविको जग्गामा बनेका संरचनासमेत हटाएको थियो ।
आफ्नो क्षेत्रभित्रका सरकारी जग्गा संरक्षण गर्न अतिक्रमण हटाउन महानगरले तदारुकता देखाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया