NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

जैतुनको तेल किन प्रयोग गर्ने ?

एजेन्सी । जैतुनको तेल फाइदाजनक भएकाले अहिले यसको लोकप्रियता पनि बढेको छ । यो तेल स्वास्थ्यवर्धक भएकाले यसको उपयोगबाट धेरै स्वास्थ्य समस्या कम हुन सक्छ ।

यसमा एन्टिअक्सिडेन्ट उच्च मात्रामा हुन्छ । जसले गर्दा छालाको लागि यो तेल लाभदायिक छ । तरकारीमा यसको प्रयोग गर्दा प्रतिरक्षा प्रणाली स्वस्थ हुन्छ । तौल घटाउने व्यक्तिले जैतुनको तेल प्रयोग गर्नुपर्छ । यसले मेटाबोलिजम बढ्छ र तौललाई घटाउँछ। जैतुन स्वस्थ मुटुका लागि पनि राम्रो मानिन्छ । जैतुनको तेलले कोलेस्ट्रोलको स्तर कम राख्छ र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्छ।

जैतुन खाँदा पाचन क्रियामा सुधार हुनुका साथै मस्तिष्कका लागि पनि निकै फाइदाजनक छ । जैतुनको तेलमा फ्याटी एसिड र धेरै एन्टिअक्सिडेन्टसँगै भिटामिन ई पनि प्रशस्त मात्रामा पाइन्छ। जुन स्वस्थ कपालको लागि आवश्यक छ। जैतुनको तेल कपालमा लगाँउदा कपाल लामो हुनुका साथै कपालमा पोषण मिल्छ। यसले कपालसम्बन्धी समस्या हुन पाउँदैन् । जैतुनको तेलले मसाज गर्दा शरीरको हड्डी मजबुत हुन्छ ।

केही बेफाइदा
१) छालाको लागि यो तेल उपयोगी भए पनि यसले अनुहारमा ब्ल्याकहेड्सहरु ल्याउँछ ।
२) सुख्खा छालामा जैतुनको तेल प्रभावकारी नहुन सक्छ
३) कोहीकसैमा एलर्जीको समस्या हुन्छ ।
४) जैतुनको तेलको उच्च फ्याट सामग्रीले पाचन विकारहरू निम्त्याउन सक्छ ।